कृषि ज्ञान केन्द्र डोटीको आयोजनामा कृषि प्रविधि प्रचार सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न

माघ १५, डोटी । कृषि ज्ञान केन्द्र डोटीले कृषि प्रविधि प्रचार सम्बन्धी अन्तरक्रिया गोष्ठी गरेको छ । मङ्गलवार ज्ञान केन्द्रको सभा हल सिलगढीमा कृषि कार्यक्रम तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो । ज्ञान केन्द्रले जिल्लामा गरिरहेका काम, कृषिमा भित्रिएका प्रविधि, आगामी योजना तथा समस्या लगायतको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ज्ञान केन्द्रले बताएको छ ।
कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले कार्यक्रममा ज्ञान केन्द्रले गत वर्ष भए गरेका कार्यहरू, चालु वर्षमा सञ्चालनमा रहेका कार्य, कृषि प्रविधि र आगामी योजनाको बारेमा जानकारी गराएका थिए । ‘समृद्ध डोटी, सुखारी डोटी’ नारा लिएर ज्ञान केन्द्रले जिल्लामा विभिन्न कार्यक्रम अगाडी बढाउने योजनामा बनाएको निमित्त कार्यालय प्रमुख अवस्थीले बताए ।
उनले गुरु किसान परिचालन कार्यक्रम, खेत तथा आली वर्षमा कम्तीमा तीन बाली, चरिखाने हैन गरिखाने किसानलाई प्रोत्साहन जस्ता केही महत्त्वपूर्ण कार्यक्रम अगाडी बढाइएको बताए । किसानहरूलाई तालिम दिने र तालिम लिएका किसानलाई अन्य किसानको बारी पठाउने, धान र गहुँको खेती गर्ने समयको बिचमा अन्य केही बाली लगाउने, अनुदान मात्रै माग्नेलाई भन्दा वास्तवमै कृषि गर्ने किसानलाई सहयोग गर्ने र मल्चिङ प्रविधि जस्ता नयाँ प्रविधि भित्र्याएर जिल्लाको कृषि क्षेत्रलाई थप विस्तार गर्ने योजना रहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने अवस्थीले बताएका छन् । उनले दक्ष जनशक्तिको व्यवस्था, कृषिमा ठुलो मात्रामा लगानी र लगनशील किसनाहरु भएमा कृषि क्षेत्रको विकास हुने बताए ।
Sayalb
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बाँझो जमिनलाई प्रयोगमा ल्याउन सके कृषिमा क्रान्ति गर्न सकिने बताएका छन् । अबको समय कृषि क्रान्तिको समय भएकाले बाँझो जमिन राखेमा कारबाही गर्न सकिने खालको व्यवस्था गर्न तर्फ सरोकारवालाको ध्यान जानुपर्ने प्रमुख सिंहको भनाई छ । प्रमुख सिंहले कार्यक्रम मार्फत स्थानीय तहहरूलाई कृषिमा पर्याप्त बजेको व्यवस्था गर्न अनुरोध गरेका छन् । किसानले उत्पादन गर्ने कृषि उपज अब विषादी रहित हुनुपर्नेमा सिंहको जोड छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पालिका स्तरमा सरोकारवालाबिच समन्वयात्मक कार्यक्रम आवश्यक रहेको बताएका छन् । समन्वयात्मक कार्यक्रमले एक अर्को पालिकामा भएका राम्रा कुराहरूको आदानप्रदान हुने हुँदा यस्तो कार्यक्रम प्रभावकारी हुने प्रजिअ जोशीले बताए । जोशीले ज्ञान केन्द्रले सञ्चालन गरेका अगुवा किसान कार्यक्रम, कृषि पाठशाला लगायतका कार्यक्रमको प्रशंसा समेत गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख, पत्रकार, सञ्चारकर्मी, वडा अध्यक्ष, अगुवा किसान लगायतको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...