
माघ १७, सिलगढी । डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बिहिवार साँझ ७:१० बजेको समयमा एयरपोर्टबाट पिपल्ला बजार तर्फ आइरहेको से ६ प ७२५७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परि मोटरसाइकल चालक २६ वर्षको पवन खड्का, पछाडि सवार दिपायल सिलगढी ३ का २० वर्षीय विकास भण्डारी र दिपायल सिलगढी नगरपालिका-५ बस्ने २० वर्षीय दीपेश भण्डारी घाइते भएका छन् ।
घाइते तिनै जनालाई शैलेश्वरी अस्पताल दिपायलमा उपचारका लागि पठाएको छ । उनीहरूको अवस्था सामान्य छ । तीव्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
