
माघ १८, डोटी । सुदूरपश्चिम प्रदेश सभाका सांसद शिवसिंह ओलीले खुटिया–दिपायल फास्ट ट्र्याकको विषयमा फेसबुक रङ्गाउने काम भएको बताएका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा डोटीको सिलगढीमा आयोजित बहु भाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ओलीले यस्तो बताएका हुन् ।
केही समय अघि खुटिया–दिपायल फास्ट ट्र्याक सडक खण्डका लागि रु. एक अर्बको ठेक्का प्रक्रिया अघिबढेपछि जस लिन खोज्नेको फेसबुकमा हानथाप भएको विषयलाई इग्कीत गदै सांसद ओलीले हाँसो उठेको बताएका छन् । ओलीले वास्तवमै पहल गरेको भए आगामी वर्ष २÷३ अर्ब बजेट विनियोजन गरेर देखाउन चुनौती दिएका छन् । यदि बजेट विनियोजन भएमा सबै भन्दा पहिला आफूले धन्यवाद दिने उनले बताए ।

सांसद ओलीले २०७८/७९ को सरकार कसको थियो र त्यति बेला यो सडकमा कति रकम थियो भन्दै प्रश्न समेत गरेका छन् । उनले सडकमा बजेट शून्य भएको अवस्थामा आफू काठमाडौँ गएर भौतिक पूर्वाधार मन्त्रिलाई भेटेपछि बजेट शून्यताबाट हटेर थप हुँदै आएको बताए । उनले जनतालाई भ्रममा पार्ने भन्दा पनि सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन् ।
साथै ओलीले प्रादेशिक विज्ञान तथा प्राविधिक विश्व विद्यालय डोटीमा बन्नुपर्ने बताएका छन् । प्रादेशिक प्राविधिक विश्व विद्यालय कैलालीको टिकापुरमा बनाउन प्रदेश सरकारले प्रक्रिया अघि बढाएको भन्दै सांसद ओलीले राजधानी खोसेको बदलामा भए पनि विश्व विद्यालय डोटीमै स्थापना हुनुपर्ने बताएका । विश्व विद्यालयका लागि एक पटक डोटेली सबैले एक जुट भएर अघि बढ्नु पर्ने बताएका छन् ।
