
माघ १९, डोटी । प्रेस चौतारी नेपाल डोटी शाखाको अध्यक्षमा प्रेम नेपाली चयन भएका छन् । शनिबार सिलगढीमा सम्पन्न ५ औँ अधिवेशनले नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा तेज बहादुर ओली (तेजु), समावेशी उपाध्यक्षमा सुनिता धामी, सचिवमा ( गङ्गाराम) राम कुन्जेडा, सहसचिवमा विमल रोकाया र रेखा दर्लामी तथा कोषाध्यक्षमा बसन्ती भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा लक्ष्मी नेपाली, विकास राई, पाल्मु राई र विष्णु कोली रहेका छन् ।
