दर्जाकोट विद्यालयका लेखापाल बिनाडीको जोडीले गर्‍यो शैक्षिक सामग्री वितरण 

भरत बम 
माघ २१, डोटी । दर्जाकोट माध्यमिक विद्यालयका लेखापाल सिताराम बिनाडीको जोडीले शैक्षिक सामग्री वितरण गरेको छ ।लेखापाल बिनाडी र उनी धर्मपत्नी कल्पना भट्टले आफ्‌नो वैवाहिक वर्ष गाठको अवसरमा सोमवार बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ मा रहेको जोराघाट माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । विद्यालयमा सरस्वती पूजाको अवसरमा आयोजित कार्यक्रममा लेखापाल विनाडीको जोडीले २२ जना गरिब, जेहेन्दार, दलित, अनुशासित, लगनशील विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको सो विद्यालयका शिक्षक दीपक ओझाले जानकारी दिए । जोराघाट माध्यमिक विद्यालय लेखापाल बिनाडीले आधारभूत शिक्षा अध्ययन गरेको विद्यालय हो ।
Sayalb
विद्यार्थीको पठन पाठनमा सहयोग पुगोस् भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरिएको बिनाडीको भनाई छ । विद्यालयका प्रधानाध्यापक लोकराज बिनाडीले सहयोगका लागी धन्यवाद दिँदै शैक्षिक सामग्री नि शुल्क पाएपछि न्यून आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरूलाई प्रोत्साहन मिल्ने बताएका छन् ।
Shaileshwori
Loading...