एचपिभी खोप अभियान : पहिलो दिन डोटीका चार हजार ७९४ किशोरीहरूले खोप लगाए

माघ २२, डोटी । डोटीमा मङ्गलवारबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । अभियानको पहिलो दिन चार हजार सात सय ९४ किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
Sayalb
 २८ गतेसम्म सञ्चालन हुने अभियानको पहिलो दिन दिपायल सिलगढी नगरपालिकाका सात सय ६०, शिखर नगरपालिकाका एक हजार ७२, पुर्विचौकी गाउँपालिकामा पाँच सय २२, सायल गाउँपालिकाका पाँच सय ४ किशोरीहरूले खोप लगाएको स्वास्थ्य कार्यालयका प.नि.सु.निरीक्षक सूर्य विष्टले जानकारी दिए ।  त्यस्तै आदर्श गाउँपालिकाका पाँच सय ७२, के.आई.सिंह गाउँपालिकाका पाँच सय ७४, बोगटान फुड्सिल गाउँपालिकाका चार सय १०, जोरायल गाउँपालिकाका एक सय ४५ र बडिकेदार गाउँपालिकाका दुई सय ३५ जना किशोरीहरूले खोप लगाएका छन् ।
जिल्लाका ११ हजार चार सय ८७ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य रहेको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइँदै छ । खोप अभियानका क्रममा जिल्लामा ३०३ जना स्वास्थ्यकर्मी र ६०४ जना स्वयंसेवक खटिएका छन् ।
Shaileshwori
Loading...