
माघ २४, डोटी । डोटीमा लागू पदार्थ पदार्थ सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार प्रहरीले दिपायल सिलगढी नगरपालिका-२ का ३० वर्षका कमल अग्रवाल, आदर्श गाउँपालिका-५ का २२ वर्षीय दिनेश रोकाया र आदर्श गाउँपालिका-४ देहिमाण्डौका १९ वर्षीय अर्जुन बोहरालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको सूचना अनुसार कमल अग्रवाललाई शङ्का लागी चेक जाँच गर्दा खैरो हिरोइन जस्तो देखिने पदार्थ ०.४२० ग्राम फेला पारी निजलाई सोधपुछ गर्दा दिनेश रोकायाबाट किनेको बताएका थिए । अग्रवालले बताएअनुसार प्रहरीले दिपायल पिपल्लामा भाडामा बस्ने अर्जुन बोहराको कोठाबाट दिनेश रोकाया र अर्जुन बोहरा लाई पनि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा रहेका तिनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
