आगलागी पीडितलाई माओवादी केन्द्रले गर्‍यो २८ हजार आर्थिक सहयोग

माघ २९, डोटी । नेकपा (माओवादी केन्द्र) के.आई.सिंह गाउँ कमिटीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । आइतबार के.आई.सिंह गाउँपालिका–३ झिगावस्तिका नाउटे भुलको घर जलेर नष्ट भएपछि माओवादी केन्द्रको के.आई.सिंह गाउँ कमिटीले आर्थिक सहयोग गरेको हो ।
Sayalb
घर जलेर पूर्ण रूपमा नष्ट हुनुका साथै घरमा रहेका नगद, जिन्सीका साथै खाद्यान्न, लत्ताकपडा सबै जलेपछि सहयोग स्वरूप सोमवार रु. २८ हजार दुई सय पीडितलाई हस्तान्तरण गरिएको माओवादी पालिका इन्चार्ज मीन मलासीले बताए । आगलागी पीडितलाई थप सहयोगका लागि पहल गरिने माओवादी केन्द्रले जनाएको छ ।
Shaileshwori
Loading...