
गणेश बहादुर मौनी
माघ २९, डोटी । डोटीको बडीकेदार गाउँपालिकाले गाउँपालिका अन्तर्गत रहेका ७३ जना ज्येष्ठ नागरिक हरूलाई सम्मान गरेको छ ।
ज्येष्ठ नागरिकहरूले आफ्नो युवा अवस्थामा आफ्नो गाउँ ठाउँ र समाज निमार्ण मा खेलेको भूमिकाको कदर गर्दै उनीहरूको देनलाई सम्झिँदै ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन् ज्येष्ठ नागरिकहरूलाई हाम्रो पनि घरदैलोमा स्थानीय सरकार छ, हामीलाई पनि सम्झिने गर्छ भन्ने महसुस गराउनु हाम्रो दायित्व रहेकोले सम्मान स्वरूप कम्मल र टर्च लाइट उपलब्ध गराई सम्मान गरेको बताइन् । हामीले ज्येष्ठ नागरिकहरूलाई धेरै ठुलो सहयोग त गर्न सकेका छैनौ समय समयमा सम्झिने, आर्सीवाद लिने कार्य मात्र गरेको समेत बताइन् ।
पालिकाले ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार, सम्बन्धित वडाबाट भत्ता वितरण,लगायत यस्ता विभिन्न सम्मानका कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।

पालिका अन्तरगत धेरै ज्येष्ठ नागरिकहरू रहेका भए पनि ज्येष्ठताका आधारमा केहीलाई मात्र यस वर्ष सम्मान गरेको र अन्यलाई आगामी दिनमा गरिने पालिकाले जनाएको छ । ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम पालिकाले सम्बन्धित वडामा गएर गरेको थियो ।
पालिकाले ज्येष्ठ नागरिकहरूलाई गरेको सम्मान कार्यक्रमको स्थानीयले प्रशंसा गरेका छन् । पालिकाले आगामी दिनमा ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाहरूका लागि पनि यस्ता कार्यक्रम समावेश गर्न सुझाव समेत दिएका थिए ।
ज्येष्ठ नागरिकहरूको सम्मान कार्यक्रम वडा नम्बर १ देखि ५ सम्म सबै वडामा सञ्चालन भएको थियो । सम्मान कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक, स्थानीय, शिक्षक, बुद्धिजीवी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
