
माघ ३०, सिलगढी । डोटीमा फागुन ९ गतेदेखि १८ गतेसम्म महोत्सवको आयोजना हुने भएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजनामा डोटी सांस्कृतिक महोत्सवको आयोजना हुन लागेको हो । आयोजकले बुधवार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी दिएको छ ।

दिपायल स्थिति दिल्पेश्वर विद्यालय नजिक रहेको प्रस्तावित बसपार्कमा महोत्सवको आयोजना हुने राष्ट्रिय सङ्गीतकर्मी सङ्घ डोटीका अध्यक्ष गोपाल सूचिकारले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनुका साथै डोटेली संस्कृति, कला, सङ्गीत, हस्तकला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गरिने अध्यक्ष सूचिकारले बताए ।
महोत्सव आयोजना गर्नु पूर्व डोटी उद्योग वाणिज्य सङ्घ र नेपाल चेम्बर अब कमर्स डोटीसँग पनि समन्वय गरिएको आयोजकले बताएको छ ।
