सातफरीमा अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न

फागुन ३, डोटी । बोगटान फुड्सिल गाउँपालिका–४ सातफरीमा वडा स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ । जोराघाट माध्यमिक विद्यालयमा बिहीबारबाट सुरु भएको कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा दौड, हाई जम्प, लङ जम्प, म्युजिकल चियर, वक्तृत्वकला लगायतका २४  प्रतियोगितामा प्रतिस्पर्धा गराइएको थियो । विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम वडाका जोराघाट माध्यमिक विद्यालय, सातफरी, बेतालेश्वर, नवदुर्गा, सवडी, जनकल्याण र गौडेमसानी आधारभूत विद्यालयको सहभागिता रहेको थियो । कक्षा १ देखी ३, कक्षा ३ देखी ५ र कक्षा ५ देखी ८ का विद्यार्थीबिच फरक फरक समूहमा प्रतिस्पर्धा गराइएको वडा अध्यक्ष दीप बहादुर बमले जानकारी दिए । ३ दिन सञ्चालन भएको कार्यक्रममा एक सय ७५ भन्दा बढी विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
Sayalb
विद्यार्थीमा लुकेर रहेका प्रतिभा बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष बमले बताए । ८ देखि १० कक्षा सम्मका विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने तथा अन्य थुप्रै कार्यक्रममा पनि सहभागी हुन पाउने तर ८ कक्षा भन्दा तल्लो तहका विद्यार्थीलाई त्यस्तो कुनै अवसर नआउने हुँदा वडाले यस्तो कार्यक्रम गरेको अध्यक्ष बमले बताए । यो कार्यक्रमले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जस्ता कार्यक्रमलाई पनि सहयोग पुग्ने उनले बताए ।
सबै विद्यालयका विद्यार्थीहरूलाई एकै ठाउँमा जम्मा गराएर कार्यक्रम गर्दा एक अर्को विद्यालयका राम्रा अभ्यास आदानप्रदान हुने वडाले अपेक्षा राखेको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीलाई क्रमशः चार सय, तीन सय, दुई सय र एक सय बराबरका शैक्षिक सामग्री पुरस्कार दिइएको छ ।
Shaileshwori
Loading...