डोटीको आदर्श गाउँपालिका ५ मा नयाँ एम्बुलेन्स सञ्चालन

गणेश बहादुर मौनी
फागुन ६, डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ । नयाँ एम्बुलेन्सको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले पूजाआजा गरी सञ्चालनमा आएको हो ।

Sayalb

एम्बुलेन्सको पूजाआजा गर्दै गाउँपालिका अध्यक्ष खड्काले बिरामीहरूलाई आपतकालिन तथा अन्य जुनसुकै अवस्थामा पनि आम नागरिकहरूलाई थप उपचारको लागि बाहिर जान सहयोग होस भन्ने हेतुले पालिकाले एम्बुलेन्स खरिद गरेको बताए । उनले भने बिरामीहरूलाई गाउँघरमा उपचार गर्दा ठिक नभए बाहिर जानुपर्ने अवस्था आयो भने गाउँघरबाटै एम्बुलेन्स मार्फत सर्वसुलभ मूल्यमा बाहिर जान सहज हुने समेत बताए ।

भौगोलिक रूपमा पालिका मुकामबाट टाढा रहेको वडाका लागि एम्बुलेन्स पालिकाले आफ्नो श्रोतबाट खरिद गरिएको पालिकाले जनाएको छ । एम्बुलेन्सको पूजाआजा कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी धामी रोकाया, कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...