राष्ट्रिय दलित पत्रकार सङ्घ डोटीको अध्यक्षमा सुवास नेपाली चयन

फागुन ९, डोटी । राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा डोटीको अध्यक्षमा सुवास नेपाली सर्वसम्मत चयन भएका छन् । शुक्रवार सिलगढीमा सम्पन्न दोस्रो भेलाबाट नेपालीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
Sayalb
समितिको उपाध्यक्षमा विष्णु कोली, महिला उपाध्यक्ष लक्ष्मी विक, सचिव राज पार्की, सहसचिव अस्मिता विश्वकर्मा, कोषाध्यक्ष गङ्गा पार्की, सदस्यमा अस्मिता विश्वकर्मा चयन भएका  छन् ।
यसै गरी भेलाबाट केन्द्रीय प्रतिनिधिहरूमा प्रेम नेपाली र तीर्थ नेपाली चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा ममता नेपालीलाई चयन भएकी छन् ।
Shaileshwori
Loading...