
फागुन १३, डडेल्धुरा । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशवराज जोशी चयन भएका छन् । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा सोमबारबाट सुरु भएको तेस्रो अधिवेशनबाट जोशीको नेतृत्वमा २७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो ।

अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष समावेशी मुकेश चौधरी, उपाध्यक्ष महिला जानकी धामी, महासचिव तेजराज भट्ट, सचिवमा सुभाष कठायत, ललित बोहरा, होम साउद, पदम सुनार, पहिलाद राना, कोषाध्यक्षमा दीपकराज अवस्थी चयन भएका छन् । प्रेस सेन्टरको अधिवेशन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेललेको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो ।
