माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु

Sayalb

फागुन २५ , डोटी ।  डोटीमा माटो खन्ने क्रममा ६० वर्षिया महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका–७ बयरकोट बस्ने मन्धरी बलायरको माटोको ढिस्कोले पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए ।
घर पोत्नका लागि रातो माटो खन्न घर भन्दा एक किलोमिटरको दुरीमा रहेको रानीवनमा गएकी बलायरको आज(आइतबार) दिउँसो १२ बजेतिर मृत्यु भएको प्रहरी जनाएको छ । माटो खन्ने क्रममा सावधानी नअपनाउँदा डोटीमा बर्सेनि यस्ता घटना घट्ने गरेका छन् ।

Shaileshwori
Loading...