
सुदूरपश्चिम प्रदेशकै पुरानो डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) इन्द्र सम्शेर राणा, अनेरास्ववियुबाट सुरेश रोकाया र अखिल क्रान्तिकारी र अखिल समाजवादीको संयुक्त प्यानलबाट अजित सिंहले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्
कुल ५ सय ८० मतदाता रहेको डोटी बहुमुखी क्याम्पसलाई सबै सङ्गठनले प्रतिष्ठाको विषय बनाएका छन् । चैत्र ५ गते मतदान हुने उक्त निर्वाचनका लागी विद्यार्थीले आफ्नो प्रचार प्रसारलाई व्यापक बनाएका छन् ।

सबै विद्यार्थी सङ्गठनहरूले विद्यार्थीका बिचमा रहेका लोकप्रिय उम्मेदवारहरू अघि सारेका छन् ।
