
डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारी र अखिल समाजवादीको संयुक्त प्यानलबाट अजित सिंह उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट अखिल समाजवादीको साझा उम्मेदवार बनेका सिंह विद्यार्थी माझ राम्रो छवि भएका व्यक्तिका रूपमा चिनिन्छन् । सहयोगी, सरल र ईमान्दार हुनका साथै विद्यार्थीको मुद्धामा सधैँ सक्रिय रहने सिंह विद्यार्थीका बिच उत्तिकै लोकप्रिय छन् ।

आफ्नो मूल पार्टीले डोटी क्याम्पसमा यस भन्दा पहिला भौतिक संरचना निमार्णमा अलेख्य भूमिका खलेको र अब पनि खेल्नका लागी आफूले पहल गर्ने सिंहले बताए । उनले भने ‘ हामीले यहाँ स्वबियुमा नहुँदा पनि धेरै काम गरेका छौँ, अझ पनि हामी यसलाई निरन्तरता दिने छौँ ।’ उनले थपे हाम्रो थप प्रतिबद्धताहरू हामी घोषणा पत्र मार्फत पनि सार्वजनिक गर्नेछौँ ।
