
लोकेन्द्र कठायत
चैत १, दिपायल । डोटीको के.आई.सिंह गाउँपालिका–३ झिगाबस्तीका आगलागी पीडित नाउटे भुललाई आर्थिक सहयोग गरिएको छ । सोही ठाउँका स्थानीय मिलन मार्शकले सञ्चालन गरेको राहत सहयोग अभियानबाट सङ्कलन भएको रु. ३६ हजार रकम पीडितलाई हस्तान्तरण गरिएको छ ।
भुलको घरमा गत माघ २७ गते बिहान करिब ९ बजे एक्कासि आगलागी हुँदा जलेर नष्ट भएको थियो । आगलागीबाट पीडित परिवारलाई सहयोग जुटाउन मार्शकले थालेको अभियानमा देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सहयोगी दाताहरूलाई धन्यवाद दिँदै पीडित नाउटे भुल तथा उनका परिवारजनले विपत्तिमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।
सहयोगीहरू
✅ खडक बहादुर बम – रु ३,०००
✅ योगेन्द्र बहादुर बम – रु ५५५
✅ उपेन्द्र बहादुर बम – रु ५११
✅ करण रावल – रु १,१११
✅ वसन्त विक – रु १,०००
✅ भोज पार्की – रु ५५५
✅ वीरेन्द्र विक – रु १,०२२
✅ नन्दा जोरा विष्ट – रु २,१२५
✅ धनराज मलासी साउद – रु ५०१
✅ प्रेम बम – रु १,०५५
✅ वीर बहादुर खडका – रु १,१११
✅ कबिर मल्ल – रु ५५५
✅ नेत्र बहादुर ऐर – रु १,१११
✅ विनोद विष्ट – रु १,१११
✅ रोहित जंग राणा – रु ५०२
✅ मान बहादुर भुल – रु २,५००

✅ प्रकाश वडैला – रु १,०१६
✅ लालु रावल – रु १,१११
✅ राधा भुत्याल – रु ५५५
✅ भक्त नेपाली –रू ५००
✅ भद्र घर्ती कान्छा – रु १,१११
✅ गणेश कुवर – रु १,२४०
✅ माया भण्डारी कुँवर – रू१०००
✅ गोपाल जंग कुवर – रु १,५१५
✅ देव बहादुर कुँवर – रु १,५१५
✅ तेज बहादुर ऐर – रु १,५१५
✅ प्रकाश ऐर रु ५५५
✅ कृतन अधिकारी – रु १,००१
✅ राजकुमार सिजापति – रु १,०००
✅ नरेश ऐर – रु ५५५
✅ प्रेम बहादुर सिजापति – रु १,००५
✅ कमल सिंह पनेरु – रु १,५१०
✅ रमेश बडैला – रु १,२१०
(मोबाइल बैंकिङ शुल्क रु ८०० कटौती पश्चात)
जम्मा सङ्कलित रकम रु ३६,०००
