बालमैत्री स्थानीय शासन घोषणाका लागि पालिकालाई प्राविधिक सहयोग गर्दै सिड नेपाल

चैत १०, डोटी । समान पहुँच विकास केन्द्र (सिड) नेपालले बालमैत्री स्थानीय शासन घोषणा गर्न डोटीका दुई पालिकालाई प्राविधिक सहयोग गर्ने भएको छ । जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिकामा बालमैत्री स्थानीय शासन लागु गर्न सिड नेपालले छलफलको थालनी गरेको छ ।
बालमैत्री स्थानीय शासन लागु गर्न बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत विकास मूल विषय रहने गरी ५१ ओटा सूचकहरू आवश्यक पर्दछन् । आधारभूत सूचकहरूमा बालमैत्री वडा घोषणाका लागि कम्तीमा ८० प्रतिशत र स्थानीय तह घोषणा गर्न प्रत्येक सूचकका लागि तोकिएको अङ्कको आधारमा ८० प्रतिशत वा सो भन्दा बढी पुरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।
सन २०३० भित्र देशलाई नै बालमैत्री स्थानीय शासन घोषणा गर्ने सरकारको लक्ष्य अनुसार बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सिड नेपालले आइतबार दिपायल सिलगढी नगरपालिकामा छलफल गरेको छ । नगरपालिकाका उप—प्रमुख कलावती साउद, निमित्त प्रशासकीय अधिकृत रमेश जोशी, वडा नम्बर ६ र ९ का वडा अध्यक्षहरू, शिक्षा शाखा, स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा, योजना शाखाका प्रमुखहरू लगायतको उपस्थितिमा छलफल गरिएको सिड नेपालका बसन्ती भट्टले बताइन् ।
Sayalb
छलफलका सहभागीहरूले छिटो भन्दा छिटो नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । उप—प्रमुख कलावती साउदले बालमैत्री स्थानीय शासन घोषणाको सन्दर्भमा कार्यपालिकामा आफूले कुरा राख्ने र योजना बनाएर काम अघि बढाउने बताइन् ।
यस्तै सिड नेपालले गत बिहीबार आदर्श गाउँपालिकामा पनि यस्तै छलफल गरेको थियो । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया लगायतको उपस्थितिमा छलफल भएको सिड नेपालका दीपिका बोहराले जानकारी दिइन् । छलफलबाट आदर्श गाउँपालिका वडा नम्बर ७ लाई वैशाख मसान्तभित्र बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्ने र पछि क्रमशः १ नम्बर वडा, २ नम्बर वडा हुँदै पालिकालाई बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने सहमति भएको बोहराले बताइन् ।
बालमैत्री स्थानीय शासन घोषणाका लागि गरिएका छलफल कार्यक्रमको सहजीकरण पत्रकार नवराज जोशीले गरेका थिए ।
Shaileshwori
Loading...