
सुबास नेपाली

चैत्र २६, डोटी । डोटी सुनचाँदी व्यवसायी सङ्घ डोटीको अध्यक्षमा नितेश सोप निर्विरोध निर्वाचित भएका छन् । डोटी सुनचाँदी व्यवसायी सङ्घ डोटीको पिपल्ला स्थित रिभर साइड होटेलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले अध्यक्ष सोप सहित वरिष्ठ उपाध्यक्षमा पदम स्वर्णकार, उपाध्यक्षहरूमा अनिल सोप र गणेश सोप, महासचिवमा किशोर दियाली, सचिवमा राम बहादुर बिक, सह-सचिवमा अशोक सोप, कोषाध्यक्षमा रवीन्द्र सोप, सह-कोषाध्यक्षमा जय बिक सदस्यहरूमा राजु बिक, सुरेन्द्र गोतामे, दीपक सुनार र सन्तोष चुनारा गरी १३ जनाको जिल्ला कमिटीलाई निर्विरोध निर्वाचित गरेको हो ।
कार्यक्रममा सुनचाँदी व्यवसायी सङ्घका सुदूर पश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछाने प्रमुख अतिथि, विशिष्ट अतिथिमा सुनचाँदी व्यवसायी सङ्घका सुदूर पश्चिम प्रदेश सल्लाहकार जगत सोप रहनु भएको थियो भने अतिथिमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्मा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
