बैतडी जाँदै गरेको ईभी डोटीमा दुर्घटना हुँदा ७ जना घाइते 

वैशाख १७, डोटी । बैतडी जाँदै गरेको ई भी डोटीमा दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् । सुपप्र ०२००१ ज ०५६७ नम्बरको ई भी हाइस मङ्गलवार राति साढे ११ बजे डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित दुर्घटना हुँदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
Sayalb
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार धनगढीबाट बैतडीको पुर्चौडी जाँदै गरेको हाइस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटना परेर बैतडीको डिलाशैनी–४ का ४५ वर्षीय हर्क बहादुर नेगी, २७ वर्षका नरेन्द्र नेगी, सोही ठाउँका ४४ वर्षका जगदीश जोशी, ५३ वर्षका रामबहादुर नेगी, ६५ वर्ष की धना नेगी र २८ वर्षका वीर बहादुर नेगी घाइते भएको प्रहरी प्रमुख शर्माले जानकारी दिए । त्यस्तै पुर्चौडी नगरपालिकाका हाइस चालक २४ वर्षीय अशोक बम पनि घाइते भएका छन् ।
घाइते चालकको अवस्था गम्भीर र अन्य अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । दुर्घटनामा परेको हाइस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ ।
Shaileshwori
Loading...