
वैशाख १९, डोटी । नेकपा एमालेका पूर्व डोटी जिल्ला कमिटी सदस्य लोकेन्द्रबहादुर शाह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा शाह माओवादीमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गरेका शाहलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य खगेन्द्र बहादुर साउद केबिले बताए । विभिन्न सामाजिक कार्यमा सक्रिय शाह लामो समयदेखि एमाले जिल्ला सदस्य रहेका थिए ।
पार्टी प्रवेशपछि शाहले प्रचण्ड प्रधानमन्त्री रहेका १८ महिनामा थुप्रै जनमुखी काम सम्पादन भएको र सो कामहरूबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए ।
