शिक्षा, निजामति सेवा र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने घोषणा

वैशाख १९, काठमाडौँ । सरकारले विद्यालय शिक्षा विधेयक र निजामती विधेयक र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारिते गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्यालय शिक्षा विधेयक,निजामती विधेयक र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनमा पारित गर्ने जानकारी दिए ।

Sayalb

सरकारले जारी बजेट अधिवेशनबाटै ३ वटा विधेयक पारित गर्ने ग्यारेन्टी गरेको छ । सरकारले शिक्षक महासङ्घसँग ९ बुँदे सहमतिसँगै सरकार र गठबन्धन दलहरूले आउँदो असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका थिए । निजामती विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ ।

त्यस्तै भूमि विधेयक पनि जारी अधिवेशनबाटै पारित गर्ने नीति कार्यक्रममा घोषणा गरिएको छ । सरकारले यसअघि भूमि अध्यादेश जारी गरेकोमा सत्ता घटक दलहरूबिच सहमति नजुट्दा निष्क्रिय भएको थियो ।

Shaileshwori
Loading...