माओवादी सुदूरपश्चिमले भन्यो- पार्टी अभियानले प्रदेशका २० हजार जनतामा विचार पुग्यो

वैशाख १९, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिमले पार्टीले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानमार्फत जनतामा प्रत्यक्ष विचार सम्प्रेषण गर्न सफल भएको जनाएको छ ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले १२ फागुनमा झापाको कचनकेवलबाट सुरू भएर कञ्चनपुरको महेन्द्रनगरमा १७ बैशाखमा सम्पन्न भएको अभियान उपलब्धिमुलक भएका उल्लेख गरेको छ ।

Sayalb

जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ सुदूरपश्चिम प्रदेशमा जनसहभागिता, कार्यकर्ता सशक्तिकरण र वैचारिक विस्तारका उल्लेखनीय उपलब्धिहरू प्राप्त भएको प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले सार्वजनिक गरेको वक्तव्यमा उल्लेख गरिएको छ । झापाको सुरु भएको अभियानले करिब दुई महिना लामो यात्रापछि वैशाख १५ गते सत्तीघाटस्थित कर्णाली पुलमा लुम्बिनी प्रदेश इञ्चार्ज चन्द्र खनाल ‘बलदेव’ बाट सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेललाई अभियानको झण्डा हस्तान्तरण गर्दै प्रदेश प्रवेश गरेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूको सहभागितामा सुदूरपश्चिम प्रवेश गरेको अभियानको समापन वैशाख १७ गते भिमदत्तनगरस्थित स्मारक चोकमा सम्पन्न भएको थियो ।

पोखरेलले जारी गरेको वक्तव्यमा अभियानले जनसंगठन, वैचारिक संप्रेषण र जनसमस्या पहिचानमा महत्वपूर्ण सफलता हासिल गरेको, २० हजारभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष सम्पर्क गर्दै पार्टीको शीर्ष नेतृत्वले विचार सम्प्रेषण गर्न सफल भएको, जनताकै बीचको बसाइ, स्थानीय खानपान र लोकसंस्कृतिको अवलोकन, साथै शहीद तथा वेपत्ता परिवारसँगको अन्तरक्रियाले कार्यकर्तामा अभूतपूर्व उर्जा, शिक्षा र जिम्मेवारीबोध जागृत गरेको उल्लेख गरिएको छ ।

Shaileshwori
Loading...