विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासङ्घ डोटीद्वारा स्वास्थ्य परीक्षण, आँखा जाँच र रक्तदान

वैशाख २१,डोटी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ डोटी शाखाले स्वास्थ्य परीक्षण, आँखा जाँच र रक्तदान कार्यक्रम गरेको छ । ‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ भन्ने नाराका साथ शनिवार विश्व प्रेस स्वतन्त्रता दिवसमा जिल्लामा क्रियाशील पत्रकारहरूको स्वास्थ्य परीक्षण, आँखा जाँच जिल्ला अस्पतालमा सिलगढीमा गरिएको हो ।
स्वास्थ्य परीक्षणमा उक्त रक्त चाप , मधुमेह, मिर्गौला , पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतको परीक्षण गरिएको जिल्ला अस्पताल डोटीका मेसु सुजित मण्डलले बताए । त्यस्तै स्वास्थ्य परीक्षण सँगै पत्रकारहरूको आँखा जाँच पनि गरिएको छ । नियमित रूपमा आँखाको जाँच गराउँदा आँखाको अवस्थाका साथसाथै अन्य कुरामा फाइदा पुग्ने नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र शिखर उप शाखा प्रमुख सुजल चौधरी बताइन् ।
जिल्लामा रगत अभाव भइरहेको वेला पत्रकार महासङ्घ डोटीले गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहयोग पुग्ने नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवाका इन्चार्ज हरिस खड्काले बताए । दिवसका अवसरमा बोल्दै नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बमले विश्व प्रेस स्वतन्त्रता दिवसमा सम्पूर्ण पत्रकार,सञ्चारकर्मी लगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा शुभकामना व्यक्त गरे ।
Sayalb
प्रेस तथा अभिव्यक्तिका लागि विभिन्न समयमा भएका सङ्घर्षमा योगदान गर्नुहुने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट उनले गरे । राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्न अध्यक्ष बमले विश्वास व्यक्त गरे ।
अहिले पनि दण्डहीनताको अवस्था कायमै रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की व्यहोर्नुका साथै विस्थापित हुनुपरेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेकाले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग अध्यक्ष बमले माग गरे । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेका भए पनि पत्रकारले समाचार लेखकै भरमा विभिन्न आक्रमण, यातना र झमेला खेप्नु परिरहेको घटना दिन प्रतिदिन बढी रहेको कुरा प्रति उनले चिन्ता व्यक्त गरे ।
महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण धन्यवाद व्यक्त गरे । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको आयोजनामा तथा स्वास्थ्य कार्यालय ,जिल्ला अस्पताल, नेपाल नेत्र ज्योति सङ्घ र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा डोटीको सहकार्यमा स्वास्थ्य परीक्षण, आँखा जाँच र रक्तदान कार्यक्रमको गरिएको हो ।
Shaileshwori
Loading...