कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

वैशाख २१, कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतवार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका २४ वर्षीया लालमती रानाको ज्यान गएको र २८ वर्षीय रतन सिंह राना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार चट्याङ लागेर मृत्यु भएकी महिला र घाइते पुरुष श्रीमान र श्रीमती हुन् । घाइते रतनलाई उपचारको लागि धनगढी लगिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बगरमा लगाइएको तरकारी टिप्न राना दम्पती बगर बारीमा पुगेका थिए। लालमति गर्भवती समेत रहेकी बताइएको छ ।

Shaileshwori
Bolpatra
Loading...