स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समिति सुदूरपश्चिमको अपिल : पालिकामा तालाबन्दी गर्नु

वैशाख २७, डोटी । प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारी गर्न दबाब दिन गठन भएको स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समितिले संर्घषका कार्यक्रम सुरु गरेको छ । शनिवार सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका कर्मचारीहरूलाई तीन बुँदे पत्र पठाउँदै संर्घषका कार्यक्रम सुरु गरेको छ ।

सङ्घर्ष समितिका संयोजक झलक बहादुर दौलेलले जारी गरेको पत्रमा सबै कर्मचारीहरूलाई भनिएको छ, “नेपालको संविधानको धारा २२७ बमोजिम स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन प्रदेश सरकारले बनाउने व्यवस्था रहेको छ । तर विडम्बना ७ प्रदेश मध्ये ६ प्रदेशमा कानुन निर्माण भई कार्यान्वयनमा आई एकै विज्ञापनबाट पदपूर्ति भएका अन्य प्रदेशका कर्मचारीको पदसोपान मै समस्या आएको तर सुदूरपश्चिममा हालसम्म पनि उक्त ऐन जारी हुनु नसक्दा कर्मचारीहरुकको वृत्ति विकास रोकिन गई मनोबलमा कमी आएको, कर्मचारी अभावकका कारण सेवा प्रवाहमा समस्या भएको प्रदेश लोकसेवा आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन नसकेको जसले गर्दा सेवा प्रवाहमा असर परेको छ ।”

Sayalb

संर्घष समितिले तीन बुँदे अपिल पनि गरेको छ । सङ्घर्ष समितिले सम्पूर्ण पालिकाका कर्मचारीलाई अत्यावश्यक बाहेक काम बन्द गर्न तथा पालिकामा तालाबन्दी गरी आन्दोलनका कार्यक्रममा सहभागी हुन धनगढी आउन भनेको छ । त्यस्तै पालिका र वडामा सञ्चालन हुने सबै खाले कार्यक्रम बहिस्कार गर्न र पालिका तथा वडा कार्यालयका कर्मचारी सहभागी हुने पालिका बाहिरका सबै कामहरू लाई पनि पूर्ण रूपमा बहिस्कार गर्न भनिएको छ ।

सङ्घर्ष समितिले वैशाख २८ गते कामकाज ठप्प गर्न बाकी रहेका पालिकाहरूले अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरू ठप्प गरी कर्मचारीहरूले धनगढी केन्द्रित आन्दोलनमा सहभागी हुने, धर्ना कार्यक्रम गर्ने र वैशाख २९ गते ९ देखि १२ बजे सम्म धर्ना कार्यक्रम राखेको छ ।

Shaileshwori
Loading...