डोटी स्थित सेति नदीमा बगेर एक बालक बेपत्ता

वैशाख ३०, डोटी । डोटी स्थित सेति नदिमा एक जना बालक बगेर बेपत्ता भएका छन् । मङ्गलवार दिउँसो १ः४० बजेको समयमा दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका रमेश विकका १० वर्षका छोरा अमित बिक बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार श्रीखोलीशैनको झोलुङ्गे पुल नजिक नुहाउने क्रममा रमेशलाई नदिले बगाएको हो । बेपत्ता रमेशको प्रहरी नायव निरीक्षक कृष्ण सिंह ऐरीको कमान्डमा ७ जनाको प्रहरी टोलीले खोजी कार्य गरिरहेको प्रहरीले बताएको छ ।

Shaileshwori
Loading...