
जेठ ५, डोटी । डोटीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार साँझ हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर पुर्विचौकी गाउँपालिका–२ वाडीकी ४० वर्षकी देउमती साउँदको मृत्यु भएको हो । सोही चट्याङ लागेर बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत ३५ बर्सिया अनमी अस्मिता ओली विष्ट घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएकोमा साउदलाई साँझ ७ः१० बजेको समयमा डाक्टरले मृत घोषणा गरेका हुन् । घाइते विष्टको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
