बडीकेदारमा अवैध घरेलु मदिरा नष्ट

गणेश मौनी
जेठ १५, डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ घागलमा अवैध घरेलु मदिरा र प्रयोग गरिएका भाडाहरू बरामद गरेर नष्ट गरिएको छ । बडीकेदार गाउँपालिकाको संयुक्त बजार अनुगमन टोली र प्रहरीले घागल बजारबाट दुइटा ठुलो ड्रममा लुकाएर राखेको अवस्थामा ८० लिटर घरेलु अवैध मदिरा बरामद गरेर नष्ट गरिएको प्रहरी चौकी घागलका इन्चार्ज पदमराज भट्टले बताए ।

Sayalb

अवैध घरेलु मदिराले शारीरिक तथा मानसिक स्वास्थ्यमा हानि पुर्‍याउने र सामाजिक अपराधका घटना हुने भन्दै प्रहरीले अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालले बताए ।

प्रहरीले बरा मत गरेको अवैध घरेलु मदिरा जनप्रतिनिधि, स्थानीयवासी, पत्रकारहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...