स्थानीय उत्पादनको खपतमा कृषि ज्ञान केन्द्र डोटीको जोड

स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमका लागि सरोकारवालासँग अन्तरक्रिया

जेठ २१, डोटी । कृषि ज्ञान केन्द्र डोटीले स्थानीय उत्पादनको खपतलाई जोड दिएको छ । जिल्लामा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य राखी ज्ञान केन्द्रले विभिन्न कार्यहरू गर्न थालेको छ । जस अन्तरगत ज्ञान केन्द्रले गर्ने हरेक कार्यक्रममा दिइने खाजामा स्थानीय उत्पादनबाट बनेका परिकार दिइन थालिएको छ ।

कार्यालयले सञ्चालन गर्ने कार्यक्रमका सहभागीहरूलाई स्थानीय उत्पादन कोदो, मास, आलु, हरियो साग, तिल लगायतबाट बनेका सेल, हलुवा, बटुक, अचार, साग खुवाइन थालेको कार्यालयका प्रमुख गङ्गादत्त अवस्थिले बताऐ । स्थानीय बालिको संरक्षण, प्रवद्र्धन र किसानलाई हौसला प्रदान गर्नुका साथै उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य राखी स्थानीय होटेलसँग समन्वय गरेर स्थानीय परिकार खुवाउन थालिएको अवस्थिले बताएका छन् । उनले जिल्लामा हुने सबै जसो कार्यक्रममा खाजाको रूपमा स्वास्थ्यका रूपले स्वास्थ्यकर मानिने यस्ता परिकारको प्रयोगमा जोड दिनुपर्ने पनि बताए ।

Sayalb

ज्ञान केन्द्रले यही कुरालाई थप बढवा दिन विद्यालयमा दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्न खोजेको छ । मङ्गलवार ज्ञान केन्द्रले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमका लागि सरोकारवालासँग अन्तरक्रिया गरेको छ । समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सहकारीसंघका अध्यक्ष, पत्रकार लगायतको सहभागितामा विद्यालयमा दिइँदै आएको दिवा खाजामा स्थानीय परिकार खुवाउने विषयमा छलफल गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख अवस्थीले स्थानीय उत्पादनबाट बनेका परिकारलाई दिवा खाजाको रूपमा प्रयोग गर्न सके वार्षिक १८ करोड भन्दा बढी रकम जिल्लामै रोक्न सकिने बताए । दिवा खाजाका रूपमा कोदो, भटमास, मास, फापर, चिनो, आलु, मकै, तिल, बासमती चामल लगायतका स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउन सकिने त्यसको लागी गर्नु पर्ने कार्यका बारेमा अवस्थिले प्रस्ट पारेका थिए ।

कार्यक्रमका सहभागीहरूले कृषि ज्ञान केन्द्रले गर्न खोजेको कार्य सकारात्मक र उपयोगी भएकाले साथ दिने प्रतिबद्धता जनाएका छन् । यस्तो कार्यक्रम लागु गर्न केही जटिलता भए पनि समाधान खोज्दै सफल बनाउनु पर्नेमा सहभागीले जोड दिएका थिए ।

Shaileshwori
Loading...