विश्व वातावरण दिवस डोटीमा पनि मनाइयो

सुबास नेपाली 
जेठ २२, डोटी । “प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व “भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस डोटीमा पनि मनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरु भएको थियो ।
Sayalb
सोही अवसरमा डिभिजन बन कार्यालय डोटीले पुर्बीचौकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित शान्तिनगर पिकनिक स्पटमा वृक्षारोपण गरेर मनाएको हो । उक्त क्षेत्रमा विभिन्न प्रजातिका १ सय २५ बिरुवा रोप्नुका साथै साजेन्द्रश्वर माविका विद्यार्थी सम्मीलित वातावरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै  जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले नेपालमा प्लास्टिकजन्य पदार्थको व्यवस्थापनमा सबैले ध्यान दिनु पर्ने बताए।  प्लास्टिक जन्य वस्तुहरूको सही व्यवस्थापन नहुँदा विभिन्न समस्या निम्तिरहेको भन्दै यश सम्बन्धी जनचेतना फैलाउनुका साथसाथै बन जङ्गल जोगाउन लाग्नु पर्ने बताए ।
डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले प्लास्टिक पोलुसन नियन्त्रणमा जोड दिनुपर्ने बताएका छन् ।प्लास्टिकले वातावरण प्रतिकुल बनाइरहेको बताउँदै सबैले आफ्नो क्षेत्रबाट यसको न्यूनीकरणमा लाग्नु पर्ने बताए  ।कार्यक्रममा मल्लो फुलौट सामुदायिक बन उपभोक्ता समितिले बन डढेलो नियन्त्रणमा सघाउ पुर्याउनेहरुलाई सम्मान पनि  गरेको थियो।
Shaileshwori
Loading...