
जेठ २३, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिको रोजगार रणनीति अद्यावधिक गर्न सुझाव सङ्कलन गरिएको छ । बोगटान फुड्सिल गाउँपालिका रोजगार सेवा केन्द्रले पालिका भित्र रोजगारी सृजना गर्नका लागी रोजगार रणनीति तयार गरी कार्यान्वयन गर्दैैै आएको छ ।

रोजगारीका थप क्षेत्र पहिचान गरी नयाँ रोजगार दाता र रोजगार एवं स्वरोजगार सम्भावना खोज्नका लागी सरोकारवालासँग एक अन्तरक्रिया कार्यक्रम गरिएको रोजगार सेवा केन्द्रका प्रमुख गीता जिसीले जानकारी दिइन् ।
पालिका भित्र रहेको बन क्षेत्र तथा निर्माणाधीन विभिन्न योजना तथा आयोजनामा स्थानीयले पूर्ण वा आंशिक समय रोजगारी प्राप्त गर्न सक्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।
