
सुबास नेपाली
जेठ २३, डोटी । डोटी स्थित नेपाली सेनाको श्री नं ५ बाहिनी अड्डामा सञ्चालन भएको सी.सं.१६ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न भएको छ ।

सुदूर पश्चिम पृतनाका पृतना पति उप रथी प्रकाश देउजाको आतिथ्यमा सम्पन्न भएको अन्तिम अन्तिम दलेल कवाजमा १०४ जना सैन्य प्रशिक्षार्थीको सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै पृतना पति देउजाले तालिमे सैन्यहरूबाट सलामी ग्रहण गर्नुका साथै कवाज निरीक्षण गर्नुभएको थियो। तालिमे सैन्य समूहलाई सम्बोधन गर्दै पृतना पति देउजाले सेना बलियो भए मात्र देश बलियो हुने भन्दै सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध हुन निर्देशन गर्नुभयो।
डोटी राजपुर स्थित श्री नं ५ बाहिनी अड्डामा आयोजित कार्यक्रममा पृतना पति उपरथी प्रकाश देउजा, श्री नं ५ बाहिनी अड्डाका बहिनी पति सहायक रथी बालकृष्ण कार्की , श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी निकायका प्रमुख तथा सैन्यहरूका आफन्त लगायतको उपस्थित रहेको थियो ।
