बडीकेदार गाउँपालिकाका सबै वडा  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

एकेन्द्र चन्द
जेठ २८, डोटी । डोटीको बडीकेदार गाउँपालिकाका सबै  वडाहरूलाई  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । हिजो एक कार्यक्रमका बिच बडिकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए सँघै गाउँपालिकाका ५ वटै वडा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् ।
Sayalb
उमेर अनुसार सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेको तथ्याङ्कको आधारमा स्वास्थ्य संस्थाहरूको समन्वयमा दिगोपना समेत सुनिश्चित गरिएको बडिकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले बताए ।
कार्यक्रममा खोप सेवा पहुँच, नियमितता तथा दिगो स्वास्थ्य सुरक्षाबारे जानकारी प्रदान गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गरिएको स्वास्थ्य शाखा उप-प्रमुख खडक बहादुर धामीले बताए ।
पूर्ण खोप सुनिश्चितता अभियानमा विशेष योगदान पुर्‍याउनु हुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई  प्रशंसा पत्र प्रदान गरिएको थियो ।
Shaileshwori
Loading...