

नेपाल बुद्धिजीवी संगठन नेपाल डोटीको तेस्रो जिल्ला भेलाबाट जिल्ला अध्यक्षमा कृष्ण बिक चयन भएका छन् ।
माओवादी केन्द्र निकटको जनबर्गिय संगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी संगठनको कृष्ण बिकको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको पदाधिकारीमा उपाध्यक्षहरु दिर्घ राणा, समिर बागचन, गोरख चन्द सचिव रामचन्द्र जोशी कोषाध्यक्ष देबिसरा देबि घर्तिमगर, सह– सचिवमा कृष्ण सापकोटा, गिरि रोकाया, लालबहादुर साउँद सहित २५ सदस्यीय समिति गठन भएको माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिव डबल बहादुर सिंहले जानकारी दिनु भएको छ ।
नेपाल बुद्धिजीवी संगठन पार्टीको समेत सल्लाहार संगठन भएको हुँदा पार्टीमा आउने समस्या तथा बाह्य मुद्धाका बिषयमा बहस छलफल गरी निश्कर्ष सहित पार्टीलाई सुझाब दिनेगरी काम गर्नु पर्ने नेपाल बुद्धिजीवी संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष बसन्त बागचनले बताउनु भयो ।
नेपाल बुद्धिजीवी संगठनका सह संयोजक अधिराज बिसिको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल बुद्धिजीवी संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष बसन्त बागचन, माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उप–सचिव अन्जिता श्रेष्ठ, जिल्ला संयोजक कमलबहादुर गड्सिला लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
नेपाल बुद्धिजीवी संगठनलाई क्रियाशिलता हिसावले अब्बल संगठन बनाउन आफु प्रतिबद्धता रहेको नव निर्वाचित अध्यक्ष कृष्ण बिकले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
