डोटीको जन्मदरमा छोराको तुलनामा छोरीको सङ्ख्या कम

असार ४, डोटी । डोटी जिल्लामा छोराको तुलनामा जन्मिनेमा छोरीको सङ्ख्या कम हुँदै गएको छ । तीन आर्थिक वर्षको सङ्ख्याको तुलना गरी हेर्दा जन्मिनेमा छोरीको भन्दा छोराको सङ्ख्या बढी देखिएको छ ।

Sayalb

बुधवार स्वास्थ्य निर्देशनालय राजपुरको आयोजनामा स्वास्थ्य कार्यालय डोटीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले यस्तो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । प्राकृतिक रूपमा छोरा र छोरी बराबर जन्मिने भए पनि डोटीमा विभिन्न कारण छोरीको जन्म छोराको तुलनामा कम भइरहेको मलासीले बताउनुभएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०७९/०८० मा दुई हजार सात सय ८२ जना जन्मिएका छन् । जसमा छोराको सङ्ख्या एक हजार पाँच सय ८१ छ भने छोरीको सङ्ख्या एक हजार दुई सय एक रहेको छ । यो सङ्ख्या छोराको भन्दा तीन सय ८० (१३.६६ प्रतिशत) ले कम हो ।

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा जम्मा दुई हजार दुई सय २६ जना जन्मिएकोमा छोरीको सङ्ख्या नौ सय ६६ रहेको छ । यस आर्थिक वर्षमा छोराको सङ्ख्या भन्दा छोरीको सङ्ख्या दुई सय ९४ ले कम हो । प्रतिशतमा भन्दा १३.२ ले कमी हुन आउँछ । यसै गरी चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा जम्मा दुई हजार एक सय ६७ जन्मिदा छोरीको सङ्ख्या ४४.३५ प्रतिशत अर्थात् नौ सय ६१ रहेको छ । छोराको तुलनामा दुई सय ४५ अर्थात् १२.३ प्रतिशतले छोरी कम जन्मिएका हुन् ।

Shaileshwori
Loading...