महालक्ष्मी बैङ्कद्वारा विद्यालयलाई सामाग्री हस्तान्तरण

मोहन पनेरु, डोटी ।  महालक्ष्मी विकास बैङ्क लिमिटेड डोटीको पिपल्ला शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई जिन्सी सामाग्री वितरण गरेको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका–२ खातीवडा स्थित देवी माध्यमिक विद्यालय काठको दुई थान दराज,काठकै दुई थान टेबल र पाँच वटा कुर्सी वितरण गरेको छ । बिहीबार  विद्यालय प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रमका बिच सो सामग्री वितरण गरिएको हो ।
विद्यालयको समन्वयमा महालक्ष्मी विकास  बैङ्क पिपल्ला शाखाका प्रमुख पदम राज जोशी लगायत बैङ्कका प्रतिनिधिहरूले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेको हो ।  कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र खड्काले भने महालक्ष्मी विकास बैङ्कको उक्त सहयोगप्रति आभार प्रकट गर्दै, “आजको सहयोगले हाम्रो विद्यालयमा अध्ययन गर्ने सीमान्तकृत र आर्थिक रूपले ओझेल परेको विद्यालयलाई यो समाग्रीहरुले ठुलो राहत मिलेको छ । शिक्षामा समान पहुँच पुर्‍याउने यस्ता कार्यक्रमले विद्यार्थीहरू र विद्यालयहरूमा सकारात्मक प्रेरणा दिनेछ।”
Sayalb
महालक्ष्मी विकास बैकका प्रमुख जोशीले भने, “महालक्ष्मी बैङ्क केवल वित्तीय कारोबारमा सीमित छैन, हामी समाजप्रति उत्तरदायी संस्था हौँ । त्यसै अनुसार शिक्षा, स्वास्थ्य, वातावरण तथा स्थानीय विकासमा योगदान पुर्‍याउने अभियानमा सक्रिय रहँदै यहाँसम्म पुगेका छौ उनले भने ।”  डोटी हाम्रो कार्यक्षेत्र पनि हो यस्ता कामले हामीलाई पनि समाजप्रति उत्तरदायी बनाउने प्रेरणा मिल्ने गरेको बताए ।
विद्यालयमा अध्ययनरत धेरैजसो विद्यार्थीहरू आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका कारण उनीहरूका लागि शैक्षिक सामग्री जुटाउन पनि कठिन भइरहेको अवस्थामा यस्ता सहयोग कार्यक्रमले विद्यालयलाई थप ऊर्जा मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर बोगटीले बताए ।
विद्यालयका प्रधानाध्यापक सिद्ध राज ओझाले भने, “यस किसिमको सहयोगले विद्यालय, बैङ्क र समाजबिचको सम्बन्ध बलियो बनाउँछ । यस्तो सहयोगले अन्य सङ्घसंस्थालाई पनि सामाजिक उत्तरदायित्वमा अघि बढ्न प्रेरणा दिनेछ।”
महालक्ष्मी विकास  बैङ्क पिपल्लाले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । बैङ्कले आगामी दिनमा पनि समाजका सीमान्तकृत वर्गहरूलाई लक्षित गर्दै सहयोगका कार्यक्रम सञ्चालन गर्ने बैङ्कका कर्मचारी लोकेन्द्र बलायरले बताए ।
Shaileshwori
Loading...