सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द

काठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ ।
समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

Sayalb

Shaileshwori
Loading...