रेडियो नेपाल दिपायलमा कार्यरत पत्रकार खत्रीको निधन

साउन ८, डोटी । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । उनको विहिबार दिउँसो निधन भएको हो ।

उनलाई दिउँसो करिब १ बजेको समयमा दिपायलस्थित रेडियो नेपाल नजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि रेडियोकै सहकर्मीहरुले सुजङ्ग अस्पताल राजपुर पुर्याएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको बताईएको छ ।

Sayalb

उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल डोटी ल्याईंएको छ । परिवारका सदस्यहरु आइरहेको र आएपछि पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।

डोटीको जोरायल गाउँपालिका ४ चुचुनढुङ्गा स्थायी घर भएका पत्रकार खत्रीको कैलालीको चौमालामा पनि बसोबास रहेको छ ।
उनी रेडियो नेपालमा वि.सं. २०७६ सालदेखि करारमा काम गर्दै आएका थिए ।

Shaileshwori
Loading...