हरिश बोगटीको अध्यक्षतामा अखिल समाजवादी डोटीको कमिटी चयन

पुस १२, डोटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल समाजवादीको नवौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार डोटी बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न विप्लव ‘सी’ नेतृत्वको नेकपा(माओवादी) निकट अखिल समाजवादीको सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

सम्मेलनबाट हरिश बोगटीको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरिएको छ । समितिको उपाध्यक्षमा विमला मडै, सचिवमा लोकेन्द्र थापा मगर,  सह-सचिवमा मिना बोहरा र कोषाध्यक्षमा सावित्री सुनार चयन भएका हुन् ।

Sayalb

सम्मेलनले विद्यार्थी आन्दोलनको नेतृत्व, नीति, विचार, दृष्टिकोण र सङ्गठनात्मक कार्यदिशा निर्माणका सन्दर्भमा ऐतिहासिक तथा दीर्घकालीन महत्वका विचारहरू प्रस्तुत गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको अखिल समाजवादीका नव अध्यक्ष हरिस बोगटीले बताएका छन् ।

नव–निर्वाचित जिल्ला कमिटीले समग्र विद्यार्थी आन्दोलनलाई सशक्त बनाउँदै श्रमजीवी जनताको मुक्ति र अधिकारका पक्षमा आफूलाई सबै हिसाबले सङ्गठित र व्यवस्थित गर्दै सङ्घर्षको मोर्चामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । अखिल समाजवादीले आगामी दिनमा विद्यार्थीका हकहित, शिक्षा क्षेत्रमा देखिएका समस्याहरू र श्रमजीवी वर्गका मुद्दालाई केन्द्रमा राख्दै सङ्घर्षका कार्यक्रम अघि बढाउने जनाएको छ ।

Shaileshwori
Loading...