रवि र बालेनवीच एकता सम्झाैता, कुलमान छुटे

 

१३ पुष, डाेटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविच एकता गर्ने सम्झौता भएको छ । आतवार बिहानै  उनीहरुविच ७ बुँदे सहमतीमा हस्ताक्षर गरेका छन् ।

Sayalb

सहमति अनुसार पार्टीकाे नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घण्टीनै रहनेछ । पार्टीकाे नेतृत्व रविले गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमती भएको छ ।

सहमितमा जेन-जी आन्दोलनको अपनत्व लिंई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने, अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने रहेका छन् । यस्तै पार्टीकाे केन्द्रीय कार्यालय काठमाण्डाै उपत्यकामा राख्ने,  बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने, पार्टीका दस्तावेजहरू निर्वाचन आयोगमा अद्यावधिक गर्ने, एकताका लागि अन्य दलहरूलाई समेत अनुराेध गर्ने रहेका छन् ।

यसअघि उज्यालाे नेपाल पार्टीसंग समेत एकता गर्ने प्रयासका लागी पार्टीका संरक्षक तथा वर्तमान सरकारका मन्त्री कुलमान घिसिङसंग पनि चरणवद्ध वार्ता भएकाे थियाे । तर पछिल्लाे वार्ता र सम्झाैतामा उनी सहभागि भएनन् ।

 

 

Shaileshwori
Loading...