डोटीमा १ लाख २८ हजार ३९९ मतदाता : पुरुष भन्दा महिलाको सङ्ख्या बढी 

एकेन्द्र चन्द
पुस १३, डोटी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि डोटीमा १ लाख २८ हजार ३९९ मतदाता रहेका छन् । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले मतदाता नामावली  सङ्कलन गरेको थियो ।  जिल्लामा ६१ हजार ५ सय ७८ जना पुरुष मतदाता रहेका छन् भने ६६ हजार ८ सय २१ महिला  मतदाताको सङ्ख्या रहेको  जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।
जिल्ला पुरुष भन्दा महिला मतदाताको सङ्ख्या  ५ हजार २ सय ४३ जनाले  बढी देखिन्छ । स्थानीय तह अनुसार अनुसार सबै भन्दा बढी शिखर नगरपालिकामा २१ हजार ४ सय ९५  रहेको छ । नगरपालिकामा पुरुष मतदाताको सङ्ख्या १० हजार १ सय १० रहेको छ भने महिला मतदाताको सङ्ख्या ११ हजार ३ सय ८५ रहेको छ । ११ वटा वडा रहेको शिखर नगरपालिकामा १६ वटा मतदान स्थल रहेका छन् भने मतदान केन्द्र २८ वटा रहेका छन् ।
त्यस्तै जिल्लामा सबै भन्दा कम मतदाता  बडीकेदार गाउँपालिकामा रहेका छन्  । उक्त  गाउँपालिकामा ९ हजार ६ सय ८० मतदाता रहेको छन् । भने महिला मतदाताको सङ्ख्या ४ हजार ६ सय ९१ रहेको छ । पुरुष मतदाताको सङ्ख्या ४ हजार ९ सय ८९ रहेको छ ।  ५ वटा वडा रहेको बडीकेदार गाउँपालिकामा ८ मतदान स्थल रहेका छन् भने । १२ मतदान केन्द्र रहेका छन् ।त्यस्तै ७ वटा  वडा रहेको आदर्श गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या  १५ हजार ७० रहेको छ । भने महिला मतदाताको सङ्ख्या ८ हजार १ सय ९४ रहँदा पुरुष मतदाताको सङ्ख्या ६ हजार ८ सय ७६ रहेको छ । उक्त पालिकामा १४ मतदान स्थल रहेका छन्। मतदान केन्द्र २२ वटा रहेका छन् ।
७ वटै वडा रहेको के आई सिंह गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या १३ हजार ४ सय ८६ रहेको छ । के.आई.सिंह गाउँपालिकामा महिला मतदाताको सङ्ख्या ७ हजार २ सय ५० रहेको छ भने। पुरुष मतदाता सङ्ख्या ६ हजार २ सय ३६ रहेको छ। उक्त पालिकामा १० वटा मतदान स्थल रहेका छन् भने १८ मतदान केन्द्र रहेका छन् ।
Sayalb
६ वटा वडा रहेको जोरायल गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या १३ हजार ८ सय ६५ रहेको छ भने  महिला मतदाताको सङ्ख्या ६ हजार ७ सय ४३ रहेको मा पुरुष मतदाताको सङ्ख्या ७ हजार १ सय २२ रहेको छ। उक्त पालिकामा  ११ मतदान स्थल  १९ मतदान केन्द्र रहेका छन् ।
९ वडा रहेको दिपायल सिलगढी नगरपालिकामा जम्मा मतदाता सङ्ख्या १९ हजार ६ सय २२ रहेको छ ।  उक्त नगरपालिकामा महिला मतदाताको सङ्ख्या १० हजार ३ सय ९७ रहँदा पुरुष मतदाताको सङ्ख्या ९ हजार २ सय २५ रहेको छ भने  २२ वटा मतदान स्थल  रहेका छन् २९ वटा मतदान केन्द्र रहेका छन् ।
७ वटा वडा रहेको पूर्वीचौकी गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या १३ हजार ६ सय ६६ रहेको छ । जसमा महिला मतदाताको सङ्ख्या ७ हजार ३ सय ३१ छ भने जम्मा पुरुष मतदाताको सङ्ख्या ६ हजार ३ सय ३५ रहेको छ । १५ मतदान स्थल रहेका छन् भने २० वटा मतदान केन्द्र रहेका छन् ।
त्यस्तै ७ वटा नै वडा रहेको बोगटान फुड्सिल  गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या १० हजार ३ सय ८५ रहेको छ जसमा महिला मतदाताको सङ्ख्या ५ हजार ९८ रहेको छ भने पुरुष मतदाताको सङ्ख्या ५ हजार २ सय ८७ रहेको छ । उक्त पालिकामा ११ मतदान स्थल रहेका छन् भने १५ वटा मतदान केन्द्र रहेका छन् ।
६ वटा वडा रहेको  सायल गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ११ हजार १ सय ३० रहेको छ । जसमा महिला मतदाताको सङ्ख्या ५ हजार ७ सय ३२ रहेको छ भने पुरुष मतदाताको सङ्ख्या ५ हजार ३ सय ९८ रहेको छ । पालिकामा ११ मतदान स्थल रहेका छन् भने । १७ वटा मतदान केन्द्र रहेका छन् ।
Shaileshwori
Loading...