सुदूरपश्चिम प्रदेशमा १७ लाख मतदाता

१५ पुष, डाेटी ।

Sayalb

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार ६ सय ६० मतदाता कायम भएका छन् ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार पुरुष आठ लाख ५२ हजार दुई सय १९ र महिला आठ लाख ६४ हजार चार सय २३ जना रहेका छन् । यसैगरी अन्य १८ जना मतदाता रहेका छन् ।
प्रदेशमा रहेका १६ निर्वाचन क्षेत्रमध्ये सवैभन्दा बढी मतदाता बैतडीमा छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ७८ हजार नौ सय ८७ पुरुष र ७७ हजार तीन सय ८३ महिला मतदाता रहेका छन् । सवैभन्दा कम मतदाता रहेको निर्वाचन अछाम—१ रहेको छ । यस क्षेत्रमा ४० हजार चार सय ७७ पुरुष, ४२ हजार ३५ महिला र एक अन्य गरी ६२ हजार पाँच सय १३ मतदाता रहेका छन् ।
कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र १ मा एक लाख आठ हजार चार सय ९१, २ मा एक लाख सात हजार सात सय ५७, ३ मा एक लाख नौ हजार एक सय २२, ४ मा एक लाख १५ हजार एक सय ४३ र ५ मा एक लाख १० हजार पाँच सय ३९ मतदाता रहेका छन् । यस जिल्लामा महिला दुई लाख ८० हजार दुई सय ४३, पुरुष दुई लाख ७० हजार सात सय ९८ र अन्य ११ गरी पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।
कञ्चनपुर जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रममध्ये क्षेत्र–१ मा एक लाख एक हजार सात सय २४, २ मा एक लाख नौ हजार पाँच सय ७४ र ३ मा एक लाख तीन हजार ८७ मतदाता रहेका छन् । यस जिल्लामा महिला एक लाख ५५ हजार आठ सय तीन, पुरुष एक लाख ४७ हजार दुई सय ८३ र अन्य एक जना गरी कुल तीन लाख तीन हजार ८७ मतदाता रहेका छन् ।
प्रदेशका सात पहाडी जिल्लामध्ये दुई निर्वाचन क्षेत्र रहेको अछामको क्षेत्र–२ मा ८२ हजार आठ सय १४ मतदाता रहेका छन् । अछामको कुल मतदाता संख्या महिला महिला ८३ हजार तीन सय एक, पुरुष ८२ हजार ३४ र अन्य दुई गरी एक लाख ६५ हजार तीन सय ३७ रहेका छन् ।
डोटी निर्वाचन क्षेत्रमा ६१ हजार पाँच सय ७८ पुरुष र ६६ हजार आठ सय २१ महिला गरी एक लाख २८ हजार तीन सय ९९ मतदाता रहेका छन् । बैतडीपछि सवैभन्दा बडी मतदाता रहेको निर्वाचन क्षेत्र डोटी हो ।
बाजुरामा ४६ हजार चार सय २८ पुरुष र ४२ हजार चार सय ३१ महिला र दुई अन्य गरी ८७ हजार आठ सय ६१ मतदाता रहेका छन् ।
बझाङमा ६४ हजार ६ सय १४ महिला र ६२ हजार दुई सय ८९ पुरुष गरी एक लाख २६ हजार नौ सय तीन मतदाता रहेका छन् । दार्चुलामा ४७ हजार सात सय ५५ पुरुष र ४५ हजार एक सय ९३ महिला गरी ९२ हजार नौ सय ४८ मतदाता रहेका छन् ।
पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको गृह निर्वाचन क्षेत्र डडेल्धुरामा ४६ हजार नौ सय ५७ पुरुष र ४६ हजार चार सय ४६ महिला गरी ९३ हजार चार सय तीन मतदाता रहेका छन् ।
कांग्रेस सभापति समेत रहेका देउवा २०४८ सालको निर्वाचनदेखि लगातार यो क्षेत्रबाट चुनाव लड्दै र जित्दै आएका छन् । उनी यस पटक पनि उक्त क्षेत्रबाट एक्ला उम्मेद्वार सिफारिस भएका छन् ।

Shaileshwori
Loading...