एमाले प्रदेश सांसद चक्र मल्ल डोटीबाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारीमा

पुस १९ । नेकपा एमालेका केन्द्रीय सदस्य चक्र मल्ल डोटीबाट चुनाव लड्ने तयारीमा जुटेका छन् । एमालेको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित मल्लले चाँडै सांसद पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनमा होमिने तयारी गरेको उनी निकट स्रोतको दाबी छ।

‘उहाँ (मल्ल) प्रतिनिधिसभा उम्मेदवार बन्ने मनस्थितिमा पुग्नुभएको छ,’ मल्ल निकट स्रोतले भन्यो, ‘पार्टी नेतृत्वले पनि उहाँलाई नै अगाडि सार्ने देखिन्छ।’

डोटी बहुमुखी क्याम्पसको विभागीय प्रमुख पदबाट राजीनामा दिएर उनी पार्टी अध्यक्ष बनेका थिए। तीन कार्यकाल अध्यक्ष रहेका मल्ल जिल्लामा कुशल संगठनकर्ता मानिन्छन्।भोलि बस्ने जिल्ला कमिटी बैठकले मल्लसहित आकांक्षीहरूको नाम सिफारिस गर्ने तयारी गरेको छ।

Sayalb

‘माननीयज्यूले चुनाव लड्ने भन्नुभएको छ। भोलि बैठक छ। उहाँसहितका आकांक्षीहरूको नाम सिफारिस हुन्छ,’ एमाले जिल्ला सचिव पदमराज भट्टले भने।

२०५० सालबाट विद्यार्थी राजनीति सुरु गरेका मल्ल कमिटी अध्यक्ष बनेका थिए। दुई कार्यकाल अखिल अध्यक्ष रहेका उनी २०५७ सालमा डोटी बहुमुखी क्याम्पस स्ववियु सभापति भएका थिए।

जिल्ला कमिटी सदस्य र उपाध्यक्ष हुँदै क्याम्पसको प्राध्यापक पद छोडेर उनी अध्यक्ष बनेका थिए।अघिल्लो प्रदेशसभा निर्वाचनमा प्रदेशसभा डोटी ‘क’ का उम्मेदवार रहेका मल्लले कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई ४५० मतान्तरले पराजित गरेका थिए।

मल्लले १५ हजार २७९ मत प्राप्त गर्दा सिंहले १४ हजार ८२९ मतमा चित्त बुझाएका थिए। अघिल्ला दुई पटक प्रतिनिधिसभाका लागि सिफारिस भएका मल्ल दुवै पटक प्रदेशसभा उम्मेदवार बनेका थिए। अहिले प्रदेशसभाको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्न मल्लले अन्तिम तयारी गरेका छन् । नेपालप्रेसबाट 

Shaileshwori
Bolpatra
Loading...