दिवंगत सशस्त्र प्रहरी जवान सुरजका आमाबुवालाई सम्मान

Sayalb

२७ माघ, डोटी । विपद् जोखिम पूर्वतयारी अभ्यासका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान स्वर्गीय सुरज साउँदका आमाबुवालाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ ।
गत जेठ २२ गते सप्तकोशी नदीमा मनसुनजन्य बिपद पूर्वतयारीको अभ्यासका क्रममा साउँदको ज्यान गएको थियो ।
सशस्त्र प्रहरीको ७ नं. बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले स्वर्गीय साउँदको स्थायी ठेगाना डोटीको दिपायल सिलगढी नगरपालिका–३, कैलडास्थित घरमै पुगेर आमाबुवालाई नगदसहित सम्मान गरेका हुन् । सुवेदीले ‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’बाट स्वर्गीय साउँदका बुवा नन्नावहादुर साउँदलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका छन् । भेटघाटका क्रममा बाहिनीपति सुवेदीले साउँदका परिवारको अवस्था, आवश्यकता र आगामी दिनमा सहकार्यका विषयमा समेत छलफल गरेका थिए ।
‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका अधिकृतद्वारा स्थापना गरिएको थियो ।
चार वर्षअघि सशस्त्र प्रहरी बलमा सेवा प्रवेश गरेका सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्सामा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा कार्यरत रहेका थिए । उनले प्रदेशस्तरीय मनसुनजन्य विपद् सिमुलेशन अभ्यासका सप्तकोशी नदीमा ज्यान गुमाएका थिए ।

Shaileshwori
Loading...