सुदूरपश्चिम अवस्था : एक सातामा ५४६ संक्रमित थपिए

Sayalb

रामहरि ओझा/ असोज २८, डोटी
सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक सातामापाँच सय ४६ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको सूचनाअनुसार एक सातामा परीक्षण गरिएका चार हजार दुई सय ८५ स्वावहरुमध्ये पाँच सय ४६ मा संक्रमण पुष्टि भएको हो । तथ्याङ्क अनुसार कैलालीमा सवैभन्दा बढी दुई सय ६९ जना संक्रमित भेटिएका छन् । यो संख्या सातामा पत्ता लागेका कुल संक्रमितहरुको संख्याको झण्डै ५० प्रतिशतहुन आउँछ । यो संगै कैलालीमाकुल संक्रमितहरुको संख्यातीनहजार २२ पुगेको छ ।
यस्तै एक सातामा कञ्चनपुरमा ८१, बझाङ्गमा २३, दार्चुलामा ५६, डोटीमा ३६, अछाममा १८, बैतडीमा २९, डडेल्धुरामा २७ र बाजुरामा ६ जनामा संक्रमण देखिएको छ । यस्तै असोज २३ गते कैलालीमा परीक्षण गराएका सुर्खेतका एक जनामा पनि कारोना संक्रमण भेटिएको छ ।
पछिल्लो एक सातामा सवैभन्दा बढी असोज २१ गते एक सय १९ जनामा संक्रमण पुष्टि भएको थियो । सवै भन्दा कम असोज २२ गते ४१ जना देखिएका थिए । यस्तै २३ गते ७०, २४ गते ६२, २५ गते ९५, २६ गते ७८ र मंगलवार ८१ जनामाकोरोना संक्रमण भेटिएको छ ।
यस अवधीमा सुदूरपश्चिममा एक जनाको कोरोना संक्रमणका कारण निधनभएको छ । कैलालीका ५२ बर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधनभएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भईसकेको समेत प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरद्वारा मंगलवार साँझ सार्वजनिक सूचनामा उल्लेख छ ।
कुन जिल्लामा कति संक्रमित ?
मंगलवार थपिएका ८१ संगै सुण्दूर संंक्रमितहरुको सख्या आठ हजार दुई सय पाँचपुगेको छ । कैलाली, डोटी र अछाममा संक्रमितहरुको संख्य एक हजार भन्दामाथी छ । कैलाली जिल्लामा तीन हजार २२ संक्रमित रहेका छन् । यो संख्या प्रदेशको कुल संक्रमित संख्याको करीव ३७ प्रतिशतहुन आउँछ ।
डोटीमा एक हजार एक सय ४१ र अछाममा एक हजार एक सय तीन जना संक्रमित रहेका छन् । यस्तै कञ्चनपुरमा नौ सय ३१, बझाङ्गमा पाँच सय ७३, बाजुरामा चार सय ५९, बैतडीमा चार सय ५४, डडेल्धुरामा तीन सय ६५ र दार्चुलामा एक सय ५४ जनामा हालसम्म कोरोना संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयसंग तथ्याङ्क छ । बर्दिया, सुर्खेत र धनुषा घर भएकाएक÷एकजना संक्रमितहरु यस प्रदेशमा छन् ।
कुल संक्रमितहरु मध्ये हालसम्म ६ हजार नौ सय चार जनामानिको भएर घर गएका छन् । कैलालीकादुई हजार तीन सय ३९, डोटीका एक हजार ६ र अछामका एक हजार ४६ जनानिको भएर घर गएका छन् । यस्तै कञ्चनपुरमा आठ सय १२, बाजुराका चार सय ५१, बझाङ्गका चार सय ४९, बैतडीका चार सय तीन, डडेल्धुराका तीन सय २७ र दार्चुलाका ७१ जना संक्रमितहरु निको भएर घर गएका निर्देशनालयले जनाएको छ ।

Shaileshwori
Loading...