डडेल्धुरा अस्पतालको प्रयोशालामा थप ४७ जनामा कोरोना पुष्टि

डोटी- डडेल्धुराको डडेल्धुरा अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा बिहिबार (आज) थप ४७ जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा एक सय ४० नमुनाहरुको कोरोना परिक्षण गरिएकोमा ४७ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषाले जानकारी दिनुभयो ।

कारोना देखिएका डोटी जिल्लाको जोरायल गाँउपालिकाका ९ र दार्चुलाको महाकाली नगरपालिका ३८ जना हुन ।

