डोटीमा बाघको आक्रमणबाट एक महिला घाईते, थप उपचारका लागी जिल्ला बाहीर रेफर

डोटीमा बाघको आक्रमणबाट एक स्थानिय महिला घाईते भएकी छिन् । बाख्रा खोरमा पसेको बाघलाई लखेट्ने क्रममा बाघले आक्रमण गर्दा जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा नम्वर १ भराणकी ३९ वर्षीया हिरा देवी विष्ट घमाइते भएकी हुन् । शुक्रबार (आज) बिहान करिव ४ बजे तिर विष्टलाई बाघले आक्रमण गरेको स्थानिय कृष्ण खड्काले बताए ।

bhukampa

बाघको आक्रमणबाट घाईते विष्टको अवस्था सामान्य भएकोे भए पनि केही घाउमा मासु भर्नु पर्ने भएकाले थप उपचारका लागी जिल्ला बाहीर रेफर गरिएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...