डोटीमा पहिलो यात्रु उडान : बिमान आयो यात्रु छोडेर गयो

रामहरि ओझा / असोज ३०

Sayalb

 डोटी बिमानस्थलको पहिलो उडान “पहिलो गाँसमै ढुङ्गा” भने जस्तै भएको छ । असोज १७ गते बिमानस्थलको परीक्षण उडानपछि डोटीमा शुक्रवार पहिलो यात्रु उडान भएको छ । कैलालीको गेटा बिमानस्थलबाट १६ जना यात्रु बोकेर आएको बिमानले डोटीबाट भने समयको कारण देखाउँदै बिमानस्थलमै पुगेका यात्रु छोडेर उडेको छ ।
समिट एयरको ९एन—एकेएड बिमान बिहान ११ वजे डोटी बिमानस्थलमा अवतरण भएको थियो । यात्रुहरु यात्रुहरु झर्नासाथ चालक दलका एक सदस्यले डोटीबाट जाने यात्रुहरुलाई बस्न भने । त्यतिवेलासम्म ११ जना यात्रु मात्रै बिमान नजिक पुगेका थिए । अन्य यात्रुहरु सुरक्षा जाँच कक्षमा पुगेका थिए ।
यात्रुहरुको टिकट काट्ने जिम्मा पाएका नन्दन कार्कीले चालक दलका सदस्यलाई यात्रुहरुको सुरक्षा जाँच भईरहेको वताउदा चालक दलका सदस्य एडि शेर्पाले उल्टो हपारे । ‘यो के बस हो ? जाहाज चढ्ने मान्छेले समयको ख्याल गर्दु पर्दैन ?’
शेर्पाले भने ‘हामीले अरु ठाउँ पनि उडान भर्नुछ, हामी दुर्गममा उडान भर्ने मान्छे हौं ।’ उनले आफुले जे भन्दैछु त्यही हुने भन्दै एक मिनेट पनि नरुक्ने जनाउँ दिए । उनले कार्कीलाई भने ‘अवदेखि यात्रुहरुलाई एयरपोर्ट समय जानकारी गराउनु ।’ यति भन्दै उनले सिधै उनले चालक बिमान उडाउन संकेत गरे । सुरक्षा जाँचपछि अन्य यात्रुहरु जहाजको ढोकामै पुगिसकेका थिए तर चालक दलले ढोका बन्द गरिहाल्यो । ११.१५ वजेको थियो, बिमान उड्यो ।
‘जति अनुरोध गर्दा पनि मानेनन्’ यात्रुहरुको टिकट काट्ने जिम्मेवारी पाएका कार्की भन्छन् ‘हामीलाई ११.३० मा बिमान उड्ने जानकारी थियो तर बिमान ११.१५ मै उड्यो ।’ बिमानबाट धनगढी जाने उद्देश्य बोकेका यात्रुहरु झोला गुण्टा बोकेर फर्किए ।
“११.३० वजे उड्छ भनेर समय दिने अनि १५ मिनेट अगाडि नै उड्ने यो कहाँको नियम हो ?’ डोटी बडीकेदार गाउँपालिकाका जंगवहादुर बिक भन्छन् ‘भन्ने एकातिर गर्ने एकातिर, अनि कसरी बिमान चल्छ ?’ चालक दलका सदस्य शेर्पाको भाषा शैली असोभनीय रहेको उनी वताउँछन् । उनी थप्छन् ‘यस्तो व्यवहार त बसका सहचालकहरुले पनि यात्रुसंग गर्दैनन् ।’

आफु बमानको ढोकामा पुगेर फर्किनु परेकोप्रति दुःख व्यक्त गर्छन् अर्का यात्रु हेमराज खनाल । उनी भन्छन् ‘हामी यहाँ पुगिसकेका छौं, अहिल्लै बिमान उडेको पनि छैन, ढोका खोल्नुहोस् भन्दा पनि मानेनन् ।’
चालक दलका सदस्यले देखाएको व्यवहारप्रति आपत्ति जनाउँछन् नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव गणेश मौनी । उनी भन्छन् ‘समयको ख्याल त यात्रुहरुलाई हुनु पर्छ तर जहाजका कर्मचारीहरुको व्यवहार पनि यात्रुहरुले पचाउने खालको हुनु पर्छ ।’ उनले यस्तो ठाडो व्यवहारले यात्रुहरुमा झन आक्रोस थपेको वताए ।
धनगढीबाट दिपायलका लागि ११.३० मा उड्ने आफुले जानकारी पाएको तर दिपायलबाट कति बजे उड्ने भन्ने आफुलाई जानकारी नभएको वताउँछन् । नागरिक उडड्यन कार्यालयका प्रतिनिधि बिशाल घिमिरे । उनले भने ‘यस बारेमा म सम्वन्धित निकायमा जानकारी गराउँछु ।’

Shaileshwori
Loading...